शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युतीय गाडीको आयात नरोकिने

बुधबार, वैशाख १४ २०७९
विद्युतीय गाडीको आयात नरोकिने

त्यस्तै २ सय ५० सीसी भन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको आयातमा समेत प्रतिबन्ध लगाइएको छ। 

काठमाडौं- सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै औपचारिक रुपमा विभिन्न वस्तुको आयात रोक्ने निर्णय गरेको छ। त्यसमा धेरै प्रकारका कार, जिप तथा भ्यानको आयात बन्द गरिएको छ। तर विद्युतीय सवारीको आयात भने नरोकिने भएको छ। 

सरकारले बुधबार राजपत्रमा सूचना प्रकाशित गरेर मोबाइल फोन, आइसी इन्जिनयुक्त सवारी मदिरालगायत वस्तुको आयात भने असार मसान्तसम्म रोक्ने निर्णय गरेको हो। यसमा विद्युतीय सवारीको आयात भने रोकिने छैन। 

यसअघि चैत अन्तिम सातादेखि राष्ट्र बैंकको मौखिक निर्देशनमा सबै प्रकारका सवारीसाधनको आयातका लागि एलसी खोल्न रोक लगाइएको थियो। जसका कारण सबैमा अन्यौलता छाएको थियो। 

बुधबार प्रकाशित राजपत्रमा कुन मालवस्तुको आयात रोकिएको हो एसएस कोड सहित खुलाइएको छ। उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयले जिप कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)को आयातमा रोक लगाएको हो।

त्यस्तै २ सय ५० सीसी भन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको आयातमा समेत प्रतिबन्ध लगाइएको छ। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend