शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मोबाइल, मोटरसाइकल, टीभी र गाडी आयातमा प्रतिबन्ध 

बुधबार, वैशाख १४ २०७९
मोबाइल, मोटरसाइकल, टीभी र गाडी आयातमा प्रतिबन्ध 

देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले असार मसान्तसम्म आयात प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

काठमाडौं- सरकारले छानिउका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मोबाइलदेखि मदिरासम्मका वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो। 

देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले असार मसान्तसम्म आयात प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

व्यक्तिगत प्रायोजनमा आउने सवारीसाधन, २५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीको आयातमा सरकारले प्रतिबन्ध लगाएको हो। 

कुटनीतिक नियोगका लागि यो प्रतिबन्ध लागू हुने छैन भने वैशाख १३ अघि एलसी खोलिएका वस्तुको आयातमा रोक लाग्ने छैन। 

आलु चिप्सजन्य आइटमको आयातमा रोक लागेको छ। कुरकुरे, कुरमुरे, लेजन र यस्तै अन्य उत्पादनको आयातमा रोक लागेको छ। 

त्यस्तै मदिरा आयातमा पनि प्रतिबन्ध लागेको छ। कच्चा पदार्थ बाहेकका मदिराजन्य पदार्थको आयातमा रोक लागेको छ। 

चुरोट, सुर्ती, हिराको आयातमा प्रतिबन्ध लागेको छ। ६ सय अमेरिकी डलभन्दा बढी मुल्यका मोबाइल सेटको आयातमा रोक लागेको छ। 

३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजन आयात गर्न पाइने छैन।

सवारीसाधनको आयातको हकमा भने व्यक्तिगत प्रयोगमा आउने पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनको आयातमा रोक लागेको छ। यसमा बिजुलीबाट चल्ने सवारीसाधन आयातमा रोक लाग्ने छैन। त्यस्तै २५० सीसीभन्दा न्यून क्षमताका मोटरसाइकल आयात निरन्तर हुने छ। 

सबै प्रकारका खेलौन आयातमा रोक लागेको छ। त्यस्तै तासको आयात पनि गर्न पाइने छैन। 

 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend