शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

वार्षिक ८ लाखसम्मको आम्दानीमा आयकर छुट हुनुपर्ने उद्योग वाणिज्य महासंघको सुझाव 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १३ २०७९
वार्षिक ८ लाखसम्मको आम्दानीमा आयकर छुट हुनुपर्ने  उद्योग वाणिज्य महासंघको सुझाव 

महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले बजेटबाट आर्थिक संकट समाधानमा केन्द्रित हुनुपर्ने बताएका थिए। 

काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमाकर छुटको सीमा ब्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योगी व्यवसायीहरूले माग गरेका छन् । 

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल गर्दै सरकारसँग आगामी आर्थिक वर्ष बजेटमा आयमा कर छुटको सीमा ब्यक्तिको लागि ७ लाख र दम्पतीको लागि ८ लाख बनाउन उद्योगी व्यवसायीहरूले माग गरेको हो । उक्त छलफलमा बोल्दै महासंघका कर तथा राजश्व समितीका सभापति सन्दिप अग्रवालले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिगतको लागि ७ लाख र दम्पतीको लागि ८ लाख बनाउन माग गरे। 

देशमा पछिल्लो समय पुँजीको अभाव हुँदै गएकाले लगानीको वातावरण बनाउन पनि कर नीतिमा आवश्यक सुधार गर्नुपर्ने उनको भनाइ छ। महासंघले राजस्व परामर्श समितिलाई कर तथा अन्य व्यवस्थामा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएको छ। वार्षिक ४/५ लाखको आम्दानीबाट परिवार पाल्नै कठिन हुने ठाउँमा त्यसैमा कर लगाउँदा नागरिकमा उत्प्रेरणा नहुने उनको भनाइ छ। 

महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले बजेटबाट आर्थिक संकट समाधानमा केन्द्रित हुनुपर्ने बताएका थिए। 

'अहिले अर्थतन्त्र संकटमा त गएको छैन। तर सावधानी अपनाउन सकिएन भने अवस्था राम्रो पनि छैन। त्यसैले सरकारले करदेखि अन्य नीतिमा संकट समाधान उन्मुख हुनुपर्छ' श्रेष्ठले भने। 



 


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend