आइतबार, असोज ६ गते २०८१    
images
images

जनप्रतिनिधि हुन १ लाख ३७ हजारको मनोनय दर्ता

images
मंगलबार, वैशाख १३ २०७९
images
images
जनप्रतिनिधि हुन १ लाख ३७ हजारको मनोनय दर्ता

यस्तै पालिका अध्यक्षमा ३ हजार २६४ र उपाध्यक्षमा २ हजार २९६ जनाको मनोनयन दर्ता भएको छ।

images
images

काठमाडाैं- स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार पालिकाको प्रमुखमा ३ हजार २७६ र उपप्रमुखमा २ हजार ९ जनाको मनोनयन दर्ता भएको छ।

images
images
images

यस्तै पालिका अध्यक्षमा ३ हजार २६४ र उपाध्यक्षमा २ हजार २९६ जनाको मनोनयन दर्ता भएको छ। वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। 

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही बैशाख ३० गते निर्वाचन हुँदैछ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए। आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ।

images

बैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, बैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा बैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend