शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कुलमान घिसिङलाई प्राधिकरणमा काम गर्न बाटो खुल्यो

मंगलबार, असोज ५ २०७८
कुलमान घिसिङलाई प्राधिकरणमा काम गर्न बाटो खुल्यो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम गर्ने बाटो खुलेको छ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम गर्ने बाटो खुलेको छ। घिसिङको नियुक्तीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै काम गर्ने बाटो खुलेको हो। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ। तर रिट निवेदक हितेन्द्रदेव शाक्यको मागअनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश सर्वाेच्चले आदेश नदिएकाे हाे। 

 


प्रकाशित : मंगलबार, असोज ५ २०७८०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend