शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

'एयर सेफ्टी'मा नेपालको प्रगति, आइकाओको अडिटबाट बढ्यो स्कोर 

सोमबार, वैशाख १२ २०७९
'एयर सेफ्टी'मा नेपालको प्रगति, आइकाओको अडिटबाट बढ्यो स्कोर 

यहाँको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो। 

काठमाडौं- नेपालको नागरिक उड्डयनको सुरक्षामा प्रगति भएको छ। 

आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन) ले  हालै गरेको सेफ्टि अडिटबाट नेपालको सुरक्षा अझै मजबुत भएको देखिएको हो। 

हवाइ सुरक्षा प्रत्याभुति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको स्कोर ७०.१ प्रतिशत पुगेको छ। 

यसअघि यस्तो स्कोर ६६.०२ प्रतिशत थियो। 

नेपालको यो स्कोर विश्वव्यापी औषतभन्दा माथि पुगेको। सुरक्षाका सन्दर्भमा यस्तो स्कोर आएपनि युरोपियन युनियनले भने नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन। 

आइकाओको सूचीमा माथि उक्लिए पनि नेपालका जहाजलाई युरोपको आकासमा प्रतिबन्ध भने हटेको छैन। २०७० मंसिरदेखि युरोपियन युनियनले नेपाली जहाजलाई युरोपको आकासमा प्रतिवन्ध लगाएको छ।

यहाँको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो। 

पछिल्लो समय नेपालले सुरक्षामा सुधार गर्दै आएपनि इयूले भने खासै चासो  नदिएको प्राधिकरणका अधिकारीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : सोमबार, वैशाख १२ २०७९११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend