शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

काठमाडौंको एभिएसन म्युजियममा सुरु भयो विज्ञान प्रदर्शनी 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १२ २०७९
काठमाडौंको एभिएसन म्युजियममा सुरु भयो विज्ञान प्रदर्शनी 

विज्ञान प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थीहरूले एभिएसन म्युजियम पनि अवलोकन गर्न पाउने छन्। म्युजियममा हवाइ उड्डयनसँग सम्बन्धित फोटो तथा प्रोटोटाइपहरु छन्। 

काठमाडौं- काठमाडौंको सिनामंगलमा रहेको एभियसन म्युजियममा आदेखि विज्ञान प्रदर्शनी सुरु भएको छ। 

विद्यार्थी तथा अविभावकहरूलाई विज्ञान र गणितप्रति रुची बढाउनका लागि यो प्रदर्शनी सुरु गरिएको  म्युजियमका सञ्चालक क्याप्टेन बेद उप्रेतिले जानकारी दिए। 

विद्यार्थीलाई लक्षित गरेर सुरू भएको यो प्रदर्शनीमा विज्ञानका १३ वटा विषय राखिएको छ। रोचक तथा चर्चित विषयवस्तुलाई समेटेर प्रदर्शनी अवलोकनको व्यवस्था मिलाइएको उप्रेतिले जानकारी दिए। 

'हामीले यहाँ प्रदर्शनीमा राखेका विषयबाट विदर्थीहरु गणित तथा विज्ञानप्रति थप उत्प्रेरित हुने हाम्रो विश्वास छ' उनले भने। 

scince.jpeg

विज्ञान प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थीहरूले एभिएसन म्युजियम पनि अवलोकन गर्न पाउने छन्। म्युजियममा हवाइ उड्डयनसँग सम्बन्धित फोटो तथा प्रोटोटाइपहरु छन्। 

प्रदर्शनीको उद्घान उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। 

प्रकाशित : सोमबार, वैशाख १२ २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend