शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उपत्यकाका २ महानगरपालिका प्रमुखमा एमाले र कांग्रेसको प्रतिस्पर्धा

सोमबार, वैशाख १२ २०७९
उपत्यकाका २ महानगरपालिका प्रमुखमा एमाले र कांग्रेसको प्रतिस्पर्धा

स्थानीय निर्वाचन यही बैशाख ३० गते हुँदैछ। निर्वाचनका लागि उमेद्वारी दिने आज अन्तिम दिन हो। उमेद्वारी दिने अन्तिम दिनमा मात्रै अधिकांश पार्टीले उमेद्वार टुंगो लगाएका छन्।

काठमाडौं- स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ। निर्वाचनका लागि उमेद्वारी दिने आज (साेमबार) अन्तिम दिन हो। उमेद्वारी दिने अन्तिम दिनमा मात्रै अधिकांश पार्टीले उमेद्वार टुंगो लगाएका छन्।

काठमाडौं उपत्यका २ वटा महानगरपालिकामा पनि २ ठूला दल कांग्रेस र एमालेले उमेद्वारी टुंगो लगाइसकेका छन्।

काठमाडाैं महानगरपालिका र ललितपुर महानगरपालिका प्रमुखमा २ ठूला राजनीतिक दल कांग्रेस र एमालेका उमेद्वारबीच नै प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसले काठमाडौंकाे मेयरमा कांग्रेस नेता प्रकाशमानकी श्रीमती सिर्जन सिंहलाई मेयरको उमेद्वार बनाएको छ।
यसैगरी एमालले पूर्वमेयर तथा प्रदेश सांसदसमेत रहेका केशव स्थापितलाई मेयरमा उठाएको छ।

स्थापित काठमाडौंको मेयर भइसकेको उमेद्वार हुन भने सिंह पहिलो पटक मेयरमा लड्दैछिन्। यसैगरी ललितपुर महानगरपालिकामा २०७४ कै उमेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसले चिरबाबु महर्जनलाई नै अगाडि सारेको छ भने एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उमेद्वार बनाएको छ।

२०७४ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि ललितपुर महाानगरपालिकामा महर्जन र व्यञ्जनकार नै प्रतिस्पर्धामा थिए। महर्जनले व्यञ्जनकारलाई झिन्नो मतले पराजित गरेका थिए। महर्जनलाई यस पटक माओवादी र नेकपा एसको सहयोग रहने छ।

यसैगरी काठमाडौं र्‍याप गायक बालेन शाहलगात १६ जनाले स्वतन्त्र उमेद्वारले आइतबार मेयरमा उमेद्वारी दर्ता गराएका थिए। साेमबार साँझ ५ बजेसम्म उमेद्वारी दर्ता गर्ने समय रहेकाले मेयरमा थप स्वतन्त्र उमेद्वारी पर्ने सम्भावना छ। 


प्रकाशित : सोमबार, वैशाख १२ २०७९०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend