शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सि ट्रायल!

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १२ २०७९
आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सि ट्रायल!

अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका छन्। 

काठमाडौं- तपाईं नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिँदै हुनुहुन्छ ?  बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ?    

दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला ।  बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लागि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट  बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि  ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दै छ । यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने तथा यस क्षेत्रमा चामत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।  

सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्‍याङका निमित्त प्रमुख सञ्जय थापाले भने, 'नयाँ लाइसेन्सका लागि  सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा  यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ । अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ।'  

लाइसेन्स वितरण, नवीकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रबन्ध तथा राजस्व सङ्कलन लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले बिसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका बिसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट’ निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ ।  “हामी तीन वर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र  जुटिरहेका छौँ । यसका लागि बिहान ७ः३० देखि पाँचबजेसम्म सेवा प्रदान गरिरहेका छौं । विचौलिया बिनाको सेवा नै हाम्रो ध्येय हो' उनले भने। 

अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका छन्। 


प्रकाशित : सोमबार, वैशाख १२ २०७९०५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend