शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

गैरकानूनी रुपमा सरकारी जग्गा बिक्री गरेको आरोपमा एकैपटम ६४ जना विरुद्ध भष्ट्रचारको मुद्दा

आइतबार, वैशाख ११ २०७९
गैरकानूनी रुपमा सरकारी जग्गा बिक्री गरेको आरोपमा एकैपटम ६४ जना विरुद्ध भष्ट्रचारको मुद्दा

तत्कालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा गैरकानूनी तवरमा लिज तथा बिक्री गरेको आरोपमा ६४ जना विरुद्ध भष्ट्रचारको मुद्दा दर्ता गरेको छ।

तत्कालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षहरुको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी गराई हक हस्तान्तरण गरेको देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

अख्तियारले  तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरु, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरु, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरु तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुसँग देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय मागदावी गर्दै  विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

यस्ताे छ आरोप पत्र

प्रकाशित : आइतबार, वैशाख ११ २०७९१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend