शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

जहाजमा भेटियो १० हजार अमेरिकी डलर, प्रहरीलाई बुझायो बुद्ध एयरले 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ११ २०७९
जहाजमा भेटियो १० हजार अमेरिकी डलर, प्रहरीलाई बुझायो बुद्ध एयरले 

डललर कसले ल्याएको थियो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन।

काठमाडौ- वैशाख १० गते भद्रपुरबाट बेलुका सवा सात बजे काठमाडौं आएको जहाजमा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ। 

बुद्ध एयरको उक्त जहाजमा हाते झोलामा बेवारिसे अवस्थामा रहेको उक्त डलर भेटिएको थियो। जहाज सफाइका क्रममा भेटिएको उक्त डलर बुद्धले नेपाल नागरिक उड्डया प्राधिकरणको रोहबरमा नेपाल प्रहरीलाई बुझाएको छ। 

कुनै पनि यात्रुलाई उडानका लागि जहाजमा जानुभन्दा पहिला  यात्रुको हाते झोरा चेक हुन्छ। यो काम नेपाल प्रहरीको हो। यस्तो चेकिङका क्रममा झोलामा कुनै प्रतिबन्धित वस्तु भएमा जफत तथा यात्रुलाई पक्राउ गरिन्छ। 

विमानस्थलमा नेपाल प्रहरीको फितलो सुरक्षाले यसअघि यात्रुहरु लाइटरसहित पनि पक्राउ परिसकेका छन्। 

डललर कसले ल्याएको थियो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन।


प्रकाशित : आइतबार, वैशाख ११ २०७९१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend