शुक्रबार, चैत १६ गते २०८०    
images
images

नेपाली सेनाले विद्युतीय गाडी चढ्ने, भान्सामा धमाधम विद्युतीय चुलो जाेडिँदै

images
बिजनेस न्युज
images
नेपाली सेनाले विद्युतीय गाडी चढ्ने, भान्सामा धमाधम विद्युतीय चुलो जाेडिँदै

नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन।   

images
images

काठमाडौं- नेपाली सेनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विद्युतीय गाडीको प्रयोग बढाउन आग्रह गरेकी छन्। आइतबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भएको भेटमा मन्त्री भुसालले आग्रह गरेकी हुन्। 

images
images
images

मन्त्री भुसालले विद्युत खपत प्रवर्द्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरिन्। सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘अब नेपाली सेनाका भान्सामा बिजुली नै प्रयोग गरौँ। त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ।’ 

images

उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारीसाधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरेका थिइन्। 

images
images

आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो। विद्युत खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन।’ 

नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन्।   

सो अवसरमा सेनापति शर्माले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अघि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए। उनले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेको र आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुलो प्रयोग गर्दै लैजाने बताए। प्रधान सेनापति शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै विद्युतीय गाडी नै चढ्ने समेत बताए। आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुने उनको भनाइ थियो। 

वातावरण संरक्षण र देशको अर्थतन्त्र प्रवर्द्धनका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै उनले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्यत विकासमा पनि लगानी गर्न सक्ने धारणा राखेका थिए।शर्माले जलविद्युत परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए।

images

प्रकाशित : आइतबार, वैशाख ११ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ