आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

५ जना विरुद्ध राजस्व चुहावटको आरोपमा ३६ करोड मागदाबी गर्दै मुद्दा

आइतबार, वैशाख ११ २०७९
५ जना विरुद्ध राजस्व चुहावटको आरोपमा ३६ करोड मागदाबी गर्दै मुद्दा

विभागले आइतबार उच्च अदालत पाटनमा मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल र दिपेन्द्रकुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरेको हो।

काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ५ जना विरुद्ध बिगो र सजाया गरि ३६ करोड रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको हो। विभागले आइतबार उच्च अदालत पाटनमा मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल र दिपेन्द्रकुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरेको हो। 

श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको दाबी विभागको छ। 

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २(छ१) हुन आउने मूअकरतर्फ ५ करोड ४४ लाख ९३ हजार ३ सय ५३ रुपैयाँ र आयकरतर्फ १२ करोड ६० लाख ७५ हजार २ ९० हजार रुपैयाँसमेत जम्मा कुल विगो १८ करोड ५ लाख ६८ हजार ६ सय ४३ रुपैयाँ राजस्व चुहावट भएको निष्कर्ष विभागको छ।


प्रकाशित : आइतबार, वैशाख ११ २०७९०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend