काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको मूल्य १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। आइतबारका लागि चाँदीको मूल्य १३ सय ६० रुपैयाँ तोकिएको छ। शुक्रबार पनि चाँदी त्यति नै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।