मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टाटा मोटर्सले एकैदिन हस्तान्तरण गर्‍यो १०१ नेक्सन इभी र टिगोर इभी

शनिबार, वैशाख १० २०७९
टाटा मोटर्सले एकैदिन हस्तान्तरण गर्‍यो १०१ नेक्सन इभी र टिगोर इभी

सिप्रदी ट्रेडिङले नेपाली बजारमा उपलब्ध गराउँदै आएको टाटाको नेक्सन इभी खरिद गर्न चाहनेले अहिले पनि केही महिना कुर्नुपर्ने अवस्था रहेको कम्पनीले जनाएको छ। 

काठमाडौं- विद्युतीय कार बजारमा आक्रामक देखिएको टाटा मोटर्सले एकै दिन १ सय १ वटा विद्युतीय कार उपभोक्तालाई हस्तारन्तरण गरेको छ। भारतको तामिलनाडूमा आयोजित कार्यक्रममा टाटाले ७० वटा नेक्सन इभी एसयूभी र ३१ वटा टिगोर इभी सेडान कारको साँचो उपभोक्तालाई दिएको हो। 

टाटा मोटर्स भारतको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक कम्पनी हो। एकै दिन १ सय १ विद्युतीय कार हस्तान्तरण गरेर टाटाले नयाँ रेकर्ड राखेको छ। नेक्सन इभी र टिगोर इभी भारतको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कार हुन्। 

टाटा नेक्सन इभी नेपाली बजारमा समेत धेरै बिक्री हुने विद्युतीय कारमा पर्छ। टिगोर इभी भने हालै नेपाली बजारमा आएकाले यसका बारेमा भने अबको केही समयपछि मात्र थाहा हुनेछ। सिप्रदी ट्रेडिङले नेपाली बजारमा उपलब्ध गराउँदै आएको टाटाको नेक्सन इभी खरिद गर्न चाहनेले अहिले पनि केही महिना कुर्नुपर्ने अवस्था रहेको कम्पनीले जनाएको छ। 

भारतको विद्युतीय कार बजारमा ८५ प्रतिशत हिस्सा ओगटेको टाटाले मार्चमा ३ हजार ३ सय ७५ वटा विद्युतीय कार बिक्री गरेको थियो। पछिल्लो दुई महिनायता भारतमा टाटाका विद्युतीय कारको बुकिङ हरेक महिना ५ देखि ६ हजार रहेको हुन्दुस्तान टाइम्सले लेखेको छ। माग बढ्दै गएकाले टाटा मोटर्सले विद्युतीय कार उत्पदान क्षमता विस्तार गर्ने बताएको छ। 

टाटासँग ३ मोडलका विद्युतीय कार नेक्सन इभी, टियोर इभी र एक्सप्रेस-टी छन्। धेरै बिक्री हुनेमा नेक्सन इभी रहेको छ जसले एक पटकका फुल चार्जमा ३ सय १२ किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज एआरएआइद्वारा प्रमाणित हो। 

टाटा नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ जसमा ९५ किलोवाट क्षमताको विद्युतीय मोटर छ। नेक्सन इभीमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। डीसी फास्ट चार्जरबाट नेक्सन इभी ८० प्रतिशत चार्ज गर्न ६० मिनेटमात्र लाग्छ भने एसी चार्जरबाट फुल चार्ज हुन ६/७ घण्टा लाग्छ। 

टाटा नेक्सन इभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डललगायत विशेषता उपलब्ध छ। 

त्यस्तै नेक्सन इभीमा लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टमलगायत विशेषाता रहेका छन्।

क्रसओभर एसयूभी सेगमेन्टको यो कार नेपाली बजारमा निक्क रुचाइएको कार हो। टाटा नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ ।

साथै टाटा मोटर्सले आगामी साता नयाँ विद्युतीय कार सार्वजनिक गर्दैछ। कम्पनीले सार्वजनिक गर्ने नयाँ विद्युतीय कार अल्ट्रोज इभी हुने अनुमान धेरैको छ। त्यस्तै नेक्सन इभीको अपग्रेडेड भर्सन पनि ल्याउने टाटा मोटर्सले घोषणा गरेको छ। यसका साथै टाटाले ब्रान्ड न्यू इभी एसयूभी कन्सेप्ट कर्भ समेत सार्वजनिक गरिसकेको छ।


प्रकाशित : शनिबार, वैशाख १० २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend