आइतबार, असोज ६ गते २०८१    
images
images

एसएमइज र स्टार्टअपमा सहकार्य गर्न एफएनसीसीआई र कोस्मेबीच समझदारी 

images
शुक्रबार, वैशाख ९ २०७९
images
images
एसएमइज र स्टार्टअपमा सहकार्य गर्न एफएनसीसीआई र कोस्मेबीच समझदारी 

साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी (कोस्मे)बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

images
images
images

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरे। विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ।

साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ। एसएमइज र स्टार्टअपको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअपलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ।  

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमइज र स्टार्टअपको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे। साथै यसको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाए। अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप ५० लगानीकर्ता कार्यक्रम सुरुवात गरेको जानकारी दिँदै नेपालमा स्टार्टअप र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे।  

images

कोरिया एसएमइज एण्ड स्टार्टअप एजेन्सीका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। कोरियाले एसएमइज र स्टार्टअपमा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसँग नजिकमा रहेर कार्यगर्ने प्रतिवद्धता जनाए। 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाःखको उपस्थिति थियो भने महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले महासंघको संक्षिप्त परिचय दिनु भएको थियो । 


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend