शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

७ गतेअघि राष्ट्रियसभाबाट बजेट पारित नहुने

मंगलबार, असोज ५ २०७८
७ गतेअघि राष्ट्रियसभाबाट बजेट पारित नहुने

आज राष्ट्रियसभामा पेश भएपनि छलफलका लागि असोज ७ गतेका लागि मिति तोकिएको छ। भदौ ३१ गतेदेखि सार्वजनिक खर्चको अधिकार गुमाएको संघीय सरकारलाई असोज सात गतेसम्म कुर्नुपर्ने भएको छ। 

काठमाडौं- प्रतिनिधिसभाबाट पारित भएको चालु आर्थिक वर्षको  विनियोजन विधेयक राष्ट्रियसभामा पेश भएको छ। 

जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो। 

आज राष्ट्रियसभामा पेश भएपनि छलफलका लागि असोज ७ गतेका लागि मिति तोकिएको छ। भदौ ३१ गतेदेखि सार्वजनिक खर्चको अधिकार गुमाएको संघीय सरकारलाई असोज सात गतेसम्म कुर्नुपर्ने भएको छ। 

गएको भदौ ३० गतेभित्रै पारित हुनुपर्ने विधेयक पारित नहुँदा पाँच दिनदेखि सरकारले सार्वजनिक खर्चको अधिकार गुमाएको छ। 

राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृति नदिएमा स्वत: प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जाने छ। राष्ट्रियसभाले विधेयकलाई १५ दिनसम्म रोक्ने अधिकार छ।  

अध्यादेशबाट ल्याइएको १६ खर्ब ४७ अर्बको बजेटलाई  घटाएर अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बको बनाएका थिए।

बजेटको अंकसँगै अर्थमन्त्रीले आर्थिक ऐनमा पनि व्यापक हेरफेर गरेका थिए। 

प्रकाशित : मंगलबार, असोज ५ २०७८०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend