आइतबार, असोज ६ गते २०८१    
images
images

चैत महिनामा मात्रै १ खर्ब ५७ अर्बको आयात, फागनुको तुलनामा ७ अर्बले घट्यो

निर्यात ६९.४४ प्रतिशतले बढ्दा व्यापार घाटा २८.४७ प्रतिशतले बढ्यो

images
शुक्रबार, वैशाख ९ २०७९
images
images
चैत महिनामा मात्रै १ खर्ब ५७ अर्बको आयात, फागनुको तुलनामा ७ अर्बले घट्यो

चैत महिनामा मात्रै नेपालले १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको  छ।

images
images

काठमाडौं- सरकारले आयातमा कडाइ गर्ने नीति लिएपनि आयातमा खर्च हुने रकममा खासै ठूलो परिर्वतन आएको छैनन्। भन्सार विभाागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै नेपालले १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ।

images
images
images

फागुनसम्म १३  खर्ब ८ अर्बको सामान आयात भएको थियो। चैत महिनामा आइपुग्दा आयातमा खर्च भएको रकम १४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।

यसको अर्थ नेपालले चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको सामान आयात गरको हो। चालु आर्थिक वर्षको ९ महिनामा आयातमा खर्च भएको रकम गत आर्थिक वर्ष २०७७/०७८ को भन्दा ३१ दशमलव ९७ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको साउनदेखि चैतसम्मममा कुल ११ खर्ब ११ अर्बको सामान आयात भएको  थियो। यसैगरी चालु आर्थिक वर्षको ९ महिनामा नेपालले १ खर्ब ६० अर्बको सामान निर्यात गरेको छ। निर्यात गत आर्थिक वर्षकाभन्दा ६९.४४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँ बराबरीको सामान निर्यात गरेको छ।

images

समग्रमा चालु आवको ९ महिनामा नेपालको वैदेशिक व्यापार घाटा भने ३४.९१ प्रतिशतले बढेको छ। नेपालले ९ महिनामा कुल १६ अर्ब २७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षका सोही अवधिको वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब रुपैयाँ थियो।

यसैगरी नेपालको व्यापारघाटा चालु आवको ९ महिनामा २८.४७ प्रतिशतले बढेको छ। चालु आवको ९ महिनामा कुल व्यापार घाटा १३ खर्ब ६ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा नेपालको व्यापार घाटा १० अर्ब १६ अर्ब रुपैयाँ थियो।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend