मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

शुक्रबार, वैशाख ९ २०७९
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

शुक्रबारका लागि चाँदीको मूल्य १३ सय ६० रुपैयाँ तोकिएको छ।

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्तिर छ। यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ तोकिएको छ। बिहीबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १३ सय ६० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावासयी महासंघले जनाएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend