आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

टेस्लाले २०२२ मा १५ लाख कार उत्पादन गर्ने, नेपालमा कति आउला

आइतबार, वैशाख ११ २०७९
टेस्लाले २०२२ मा १५ लाख कार उत्पादन गर्ने, नेपालमा कति आउला

चारै गिगा सञ्चालनमा आएपछि तिनको अहिलेको उत्पादन क्षमताका आधारमा १४ लाख कार सहजै उत्पादन हुनेछ।

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनीले टेस्लाले २०२२ मा १५ लाख कार उत्पादन गर्ने लक्ष्य लिएको छ। कम्पनीले २०२१ मा हालसम्मकै धेरै ९ लाख ३० हजार कार उत्पादन गरेको थियो।

टेस्लाका कारको माग विश्वभर नै उच्च रहेकाले कम्पनीले कार उत्पादनलाई विशेष प्राथमिकता दिएको छ। टेस्लाले उही वसन्तकालीन याममा दुई वटा कार उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको छ। जर्मनीको बर्लिनमा गिगाफ्याक्ट्री बर्लिन र अमेरिकाको टेम्सासमा गिगाफ्याक्ट्री टेक्सस सञ्चालनमा ल्याएको हो। 

यी दुई फ्याक्ट्रीसँगै अमेरिकामा रहेको अर्को एउटा र चीनको सांघाईमा रहेको एउटा गरि चारवटा गिगाफ्याक्ट्रीबाट टेस्लाका कार उत्पादन हुँदै आएको छ। नयाँ दुई गिगा सञ्चालनमा आएसँगै टेस्लाले आफ्नो कार उत्पादन क्षमता ५० प्रतिशतले बढ्ने बताएको छ। 

चारै गिगा सञ्चालनमा आएपछि तिनको अहिलेको उत्पादन क्षमताका आधारमा १४ लाख कार सहजै उत्पादन हुनेछ। तर टेस्लाले २०२२ मा १५ लाख कार उत्पादन गर्ने गरि तयार रहन सबै गिगाफ्याक्ट्रीहरुलाई आग्रह गरेको छ। 

चीनमा कोरोना भाइरस पुनः फैलन थालेपछि गरिएको लकडाउनका कारण सांघाईमा रहेको गिगा एक महिनाभन्दा लामो समयदेखि बन्द रहेको छ। यसले पनि टेस्लाको लक्ष्यलाई अप्ठेरो पार्न सक्ने अनुमान गरिएको छ। यद्यपी गिगा बर्लिन र टेक्सस सञ्चालनमा आएर उत्पादन बढ्न थालेकाले केही राहत दिएको छ। 

विश्वचर्चित विद्युतीय कार उत्पादक टेस्लाका कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। नेपाली बजारमा टेस्लाका कार अरेत इन्टरनेसनलले उपलब्ध गराउँदै आएको छ। 

हाल नेपाली बजारमा टेस्लाका मोडल थ्री, मोडल एक्स तथा मोडल वाई उपलब्ध रहेको छन्। टेस्लाको मोडल थ्री सबैभन्दा धेरै रुचाइएको कार हो भने अरेतले हालै मोडल वाईसमेत नेपाल भित्र्याएको थियो। 

उपभोक्ताले टेस्लाका कार खोजिरहेको भएपनि सरकारले कारको आयातमा कडाइ गरेकाले आवश्यकताअनुसार उपलब्ध गराउन नसकेको कम्पनीले जनाएको छ। परिस्थिति सहज भयो भने यो वर्ष राम्रै संख्यामा टेस्लाका कार नेपाली बजारमा बिक्री हुनेछन्।


प्रकाशित : आइतबार, वैशाख ११ २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend