काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि सुन तोलामा ३ सय रुपैयाँ बढेर १ लाख ९ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।