आइतबार, असोज ६ गते २०८१    
images
images

नयाँ छपाई हुने मतदाता परिचय पत्र लेमिनेशन नहुने

विगतमा १३ रुपैयाँ ५० छापिएको परिचय पत्र ३ रुपैयाँ मात्रै

images
बिहीबार , वैशाख ८ २०७९
images
images
नयाँ छपाई हुने मतदाता परिचय पत्र लेमिनेशन नहुने

आयोगका सचिव गोकर्णमणि दुवाडीले लेमिनेश गर्दा बढी खर्च लाग्ने भएका कारण मतदाता परिचय पत्र लेमिनेशन गर्ने निर्णय गरेको बताए।

images
images

काठमाडौं- निर्वाचन आयोगले बैशाखा ३० गते हुने स्थानीय तह निर्वाचनमा छपाइ गर्ने मतदाता परिचय पत्र लेमिनेशन नगर्ने भएको छ।

images
images
images

आयोगले झन्डै ३३ लाख मतदाता परिचय पत्र छपाइ गर्दै छ। यसरी छपाइ हुने मतदाता परिचय पत्र लेमिनेशन नगर्ने भएको हो। आयोगले निर्वाचन खर्च कम गर्ने नीति अनुरुपमा मतदाता परिचप पत्र लेमिनेशन नगरी वितरण गर्न लागेको जनाएको छ। 

आयोगका सचिव गोकर्णमणि दुवाडीले लेमिनेश गर्दा बढी खर्च लाग्ने भएका कारण मतदाता परिचय पत्र लेमिनेशन गर्ने निर्णय गरेको बताए।

सोहीअनुसार मतदाता परिचय पत्र छपाईको काम सुरु भएको उनको भनाइ छ। अहिले एउटा मतदाता परिचय पत्र छपाइमा ३ रुपैयाँ हाराहारी मात्रै खर्च लागेको आयोगले जनाएको छ। तर विगतका निर्वाचनहरुमा मतदाता परिचय पत्र छपाइमा १३ रुपैयाँ ५० पैसासम्म खर्च भएको थियो।

images

मतदाता परिचय पत्र छपाइको विषय विवादमा परेसँगै कर्म खर्चमा पारदर्शिताका लागि लेमिनेशन नगर्ने निर्णय गरेको हो। आयोगले नयाँ थप भएका मतदाता र हराएको भनेर विवरण भर्ने मतदाताको मात्रै परिचय पत्र छपाइ गर्दै छ। 

यस अघि निर्वाचन आयोगले २०७४ सालको पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनामा मतदाता परिचय पत्र सेटिङमा ९ रुपैयाँ ९० पैसा र यसपछिका निर्वाचनहरुमा भने ओम्नीसँग नै १३ रुपैयाँ ५० पैसामा प्रतिथान मतदाता परिचय पत्र छपाइ गरेको थियो। उक्त विषयमा अहिले पनि महालेखाले प्रश्न उठाउँदै आएको छ।


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend