मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नेपालको प्रबर्द्धन गर्दै बीबीसी मास्टर सेफको टोली 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
नेपालको प्रबर्द्धन गर्दै बीबीसी मास्टर सेफको टोली 

चर्चित सेलिब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अङ्कित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवर्द्धन गर्नुु कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सार्थक पहलका रुपमा लिइएको छ ।

काठमाडौं-  बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफरुको टोलीले नेपालको मौलिक खना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो । 

मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट, सेफ फिलिपालगायत टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आएर १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिमा संलग्न भएको पाटा नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ । 

चर्चित सेलिब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अङ्कित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवर्द्धन गर्नुु कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सार्थक पहलका रुपमा लिइएको छ ।

मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्व बजारमा नेपालको मौलिक खाना र संस्कृति प्रवर्द्धन हुनका साथै महामारीपश्चात् नेपाली पर्यटन क्षेत्र पूर्णरुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्वितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह भएको पाटा नेपालले जनाएको छ ।

साथै मास्टर सेफको सामाजिक सञ्जाल तथा नेटवर्कमा आबद्ध समुुदायमाझ नेपाल गन्तव्यको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुगेको जनाइएको छ । त्यसैगरी, मास्टर सेफले नेपाली युवा सेफ तथा हस्पिटालिटी विद्यार्थीलाई नेपाली खानामा नवीनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवर्द्धनमा आबद्ध हुनसमेत प्रेरित गरेका छन् ।

सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन नेपाली प्रचलनमा रहेका शब्दको प्रयोग गर्दै आएका सन्दर्भमा कुनै पनि सभा समारोहमा उत्सवको रुपमा खानपिन सुरु गर्दा उच्चारण हुने अङ्ग्रेजी शब्द ‘चीयर्स’को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने बताए। 

 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०७:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend