मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विकास बैंकहरुको नाफा साढे ४ अर्ब, कुनको कति ?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
विकास बैंकहरुको नाफा साढे ४ अर्ब, कुनको कति ?

चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफामा १४.४० प्रतिशत गिरावट आएको छ भने कामना सेवाको खुद नाफा पनि १४ प्रतिशत जति खुम्चिएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरूले नाफामा ९.६९ प्रतिशत मात्रै वृद्धि गरेका छन्। चैत मसान्तसम्म कुल ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्ष विकास बैंकहरूले ४ अर्ब ४९ करोड रुपैयाँ कमाएका थिए। 

धेरै कमाउनेमा मुक्तिनाथ विकास बैंक भएको छ। बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो सर्वाधिक नाफा कमाउने गरिमा विकास बैंक रह्यो। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.६९ प्रतिशत बढेको छ। बैंकले यो वर्ष ७८ करोड ४६ लाख नाफा कमाएको छ। गत वर्ष ६७ करोड ८२ लाख रुपैयाँ रहेको थियो। 

महालक्ष्मी विकास बैंकको खुद नाफा पनि ७१ करोड ४२ लाख रुपैयाँ छ। ज्योति विकास बैंक, लुम्बिनी डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको नाफा भने ५० करोड रुपैयाँभन्दा बढी छ। समीक्षा अवधिमा सोही वर्गको सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा सबैभन्दा कम देखियो। बैंकले चैत मसान्तसम्म ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा पनि ४८ करोड रुपैयाँ छ। 

चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफामा १४.४० प्रतिशत गिरावट आएको छ भने कामना सेवाको खुद नाफा पनि १४ प्रतिशत जति खुम्चिएको छ।


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend