मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

किन घट्यो लक्ष्मी बैंकको नाफा? यस्तो छ विवरण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
किन घट्यो लक्ष्मी बैंकको नाफा? यस्तो छ विवरण

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले घटेको छ। बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार ८५ करोड ८९ लाख नाफा गरकेो छ।

काठमाडाैै- लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले घटेको छ। बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८५ करोड ८९ लाख नाफा गरको छ। अघिल्लो वर्ष बैंकले चैत मसान्तसम्म १ अर्ब २८ करोड नाफा गरेको थियो।

ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च बढेको कारण नाफा घटेको हो। नाफा घट्दा बैंकको ईपीएस घटेको छ। बैंकको ईपीएस ९ रुपैयाँ ९१ पैसामा आएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ।

बैंकले कर्जा निक्षेप अनुपात भने राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ। ८७.२४ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात छ। बैंकको बेसरेट ९.६४ प्रतिशत छ।


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०१:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend