मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रभु बैंकको नाफा ओरालोतर्फ, प्रतिसेयर आम्दानी समेत घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
प्रभु बैंकको नाफा ओरालोतर्फ, प्रतिसेयर आम्दानी समेत घट्यो

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्तापुँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ८.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.३१ प्रतिशत बढेको छ भने कर्जा ६.३६ प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०१:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend