बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

लुम्बिनी प्रदेशका पूर्वसचिव बैकुण्ठ अधिकारीसहित ४ जना विरुद्ध ४३ लाख ३७ हजार रुपैयाँ विगोदाबी गर्दै मुद्दा दायर

images
मंगलबार, वैशाख ६ २०७९
images
images
लुम्बिनी प्रदेशका पूर्वसचिव बैकुण्ठ अधिकारीसहित ४ जना विरुद्ध ४३ लाख ३७ हजार रुपैयाँ विगोदाबी गर्दै मुद्दा दायर

लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसमेत ४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

images
images

काठमाडौ- लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसमेत ४ जना एवं संस्था उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

images
images

प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको थियो। मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको प्रमाण पुष्टी भएकफ भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

images
images

प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाईरदोहोरो बिलको भुक्तानी लिनेरदिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

images
images
images

अख्तियारले तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरीरनगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर गरीरगराई ७ वटा मिनि टिलरको ६ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको झुट्ठा बिल भरपाई बनाई दोहोरो भुक्तानी गरी प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याई भन्दै मुद्दा दायर गरेको हो।

निजहरुले सम्झौतापत्रमा उल्लेख भएबमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण खरिद नगरी कम गुणस्तरको २९ वटा मिनि टिलर खरिद गरी प्रदेश सरकारलाई ३७ लाख १५ हजार रुपैयाँ  हानी पुर्‍याएके भन्दै बिगो ४३ लाख ३७ हजार ५ सय गरी तीन महिना देखि ३ वर्षसम्म कैद र बिगोबमोजिमको जरिवाना असुलउपरको मागदाबी सहित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend