मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

निलम्बित गभर्नर अधिकारीको रिटको सुनुवाइ हुँदै, न्यायाधीश फुयालको इजलासमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ६ २०७९
निलम्बित गभर्नर अधिकारीको रिटको सुनुवाइ हुँदै, न्यायाधीश फुयालको इजलासमा

छानवीन गर्ने निर्णयपछि अधिकारी स्वत: निलम्बनमा परेका थिए। 

काठमाडौं- सरकारले गरेको निलम्बनविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सुनुवाइ सुरु  भएको छ। 

अधिकारीको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा हुने छ। यो रिटले अग्राधिकार पाएको छ। 

सरकारले दुई साताअघि असहयोग गरेको भन्दै छानवीन गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीस पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानवीन समिति गठन भइसकेको छ। 

छानवीन गर्ने निर्णयपछि अधिकारी स्वत: निलम्बनमा परेका थिए। 

आफूलाई निलम्बन गर्ने सरकारको निर्णय कानूनअनुसार नभएको अधिकारीले रिट दर्ता गराएका थिए। 

 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend