मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका नजाने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ६ २०७९
विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका नजाने 

बजेट निर्माण दबाब, अर्थतन्त्रमा देखिएका दबाब व्यवस्थापनका लागि काम गर्नुपर्ने भएकाले मन्त्रीको अमेरिका भ्रमण रद्ध भएको हो। 

काठमाडौं- सोमबारदेखि सुरू भएको विश्व बैंक/अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन वैठकमा नेपालको तर्फबाट अर्थमन्त्री सयुक्रत राज्य अमेरिका नजाने भएका छन्। 

यसअघि मन्त्रिपरिषदले नेपालका तर्फबाट वैठकमा भाग लिनका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको थियो। चैत १७ गतेको वैठकले निर्णय गरेपनि अन्तिममा आएर अर्थमन्त्री जनार्दन शर्मा अमेरिका नजाने भएका छन्। 

बजेट निर्माण दबाब, अर्थतन्त्रमा देखिएका दबाब व्यवस्थापनका लागि काम गर्नुपर्ने भएकाले मन्त्रीको अमेरिका भ्रमण रद्ध भएको हो। 

विश्व बैंक/अन्तर्राष्ट्रिय मुद्रा कोषको वैठकमा सहभागिताका लागि अर्थमन्त्री तथा अर्थसचिव दुबैजना नजाने निश्चित भएको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरीप्रसाद अर्यालले जानकारी दिए।


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend