मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

शंकास्पद डलर कारोबारमा मुछिएका पृथ्वी शाहले पाएनन अन्तरिम आदेश 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ५ २०७९
शंकास्पद डलर कारोबारमा मुछिएका पृथ्वी शाहले पाएनन अन्तरिम आदेश 

सर्वोच्चका न्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले  शाहको कम्पनी वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवाका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

काठमाडौं- शंकास्पाद अमेरिकी डलरको कारोबारमा मुछिएका पृथ्वी शाहलाई अन्तरिम आदेश दिन  सर्वोच्च अदालतले अस्वीकार गरेको छ। 

खातामा आएको अमेरिकी डलर शंकास्पद देखिएको भन्दै उनको बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको छ। फुकुवा गरिदिन माग गर्दै शाह अदालत गएका थिए। 

सर्वोच्चका न्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले  शाहको कम्पनी वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवाका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

शाहले यसअघि पनि आफ्नो रोक्का भएका खाता फुकुवा गर्न माग गर्दै पाँच पटक अदालतमा रिट निवेदन दिइसकेका छन्। शाहले दिएका कुनै पनि रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिएको छैन। 

प्रकाशित : सोमबार, वैशाख ५ २०७९१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend