मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

२ खर्ब ६६ अर्बको लगानी प्रतिबद्धतासँगै दर्ता भएका ९ महिनामै २३२ उद्योग

सोमबार, वैशाख ५ २०७९
२ खर्ब ६६ अर्बको लगानी प्रतिबद्धतासँगै दर्ता भएका ९ महिनामै २३२ उद्योग

चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि चैत मसान्तसम्म कुल २ खर्ब ६६ अर्बको लगानी प्रतिबद्धता गर्दै २ सय ३२ वटा उद्योग दर्ता भएको छन्।

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि चैत मसान्तसम्म कुल २ खर्ब ६६ अर्बको लगानी प्रतिबद्धता गर्दै २ सय ३२ वटा उद्योग दर्ता भएको छन्।

उद्योग विभाग महानिर्देशक रामचन्द्र तिवारीका अनुसार दर्ता भएका उद्योग मध्ये ६७ वटा ठूला खालको उद्योग, ८२ वटा मझौला खालका र ८३ वटा साना खालको उद्योग दर्ता भएका छन्। यो सख्या गत आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिको भन्दा दर्ता भएका उद्योगको संख्या ६३ वटाले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्म १ सय ६९ वटा उद्योग दर्ता भएको थियो। साथै गत आवको चैत मसान्तसम्ममा उद्योगमा कुल १ अर्ब ३९ अर्बको लागनी प्रतिवद्धा आएको थियो।

विभागका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्मा दर्ता भएको मध्ये १ सय ५५ वटा विदेशी लगानी रहेका उद्योग छन्। दर्ता उद्योगले ३३ अर्ब ४२ करोडको लगानी प्रतिबद्धता गरेका छन्। यो संख्या पनि गत आवको भन्दा बढी हो। गत आवको सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँको लागनी प्रतिबद्धता १ सय ४२ वटा उद्योग दर्ता भएका थिए।

यस्तो छ ९ महिनामा दर्ता भएको उद्योग र लगानीको विवरण

ind.JPG


प्रकाशित : सोमबार, वैशाख ५ २०७९११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend