शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बिएमपीको ट्रेडमार्क दुरुपयोग गर्ने उद्योगी पक्राउ  

मंगलबार, असोज ५ २०७८
बिएमपीको ट्रेडमार्क दुरुपयोग गर्ने उद्योगी पक्राउ  

प्रतिलिपि अधिकार ऐनविरूद्धको कसुर गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक रोहित साह कानु पक्राउ परेका छन्। 

पर्सा- प्रतिलिपि अधिकार ऐनविरूद्धको कसुर गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक रोहित साह कानु पक्राउ परेका छन्। 

बढी नाफा कमाउने उद्देश्यले अन्नपूर्ण मसला उद्योगका आफ्नो मसलाहरूमा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाइनर लेबल प्रतिलिपि दुरुपयोग गरेको आरोप उनीमाथि छ। 

वीरगंज महानगर तथा अन्य स्थानहरूमा उनले त्यस्ता मसला बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर  उद्योगको ट्रेडमार्क र डिजाइनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो।  

उनीउपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।  


प्रकाशित : मंगलबार, असोज ५ २०७८०५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend