मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ५ २०७९
सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती 

मन्त्रिपरिषदको निर्णय अनुसार खर्च कटौतीका बारेमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। 

काठमाडौं- सरकारले इन्धन खर्चका लागि भनेर विनियोजन गरिएको बजेटबाट २० प्रतिशत कटौती गर्ने भएको छ। 

वैशाखदेखि असारसम्मका लागि सरकारले इन्धन खर्च २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णय अनुसार खर्च कटौतीका बारेमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। 

बजेटमा विनियोजन गरिएको खर्च २० प्रतिशत कटौती गर्ने बाहेक सरकारले छुट्टै ऐनबाट यस्तो सुविधा पाउनेहरूलाई भने अनुरोध गर्ने भएको छ। 

विदेशी मुद्राको सञ्चिति घट्दै गएको तथा अर्थतन्त्रको बाह्य सन्तुलन खराब हुँदै गएपछि सरकारले यस्तो नीति लिनुपरेको बताएको छ। 

artha.jpeg
undefined


प्रकाशित : सोमबार, वैशाख ५ २०७९०६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend