मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गभर्नर अधिकारी निलम्बन प्रकरण : सरकार विरुद्ध अदालतमा मुद्दा, केन्द्रीय कार्यालयमा कर्मचारीको धर्ना

आइतबार, वैशाख ४ २०७९
गभर्नर अधिकारी निलम्बन प्रकरण : सरकार विरुद्ध अदालतमा मुद्दा, केन्द्रीय कार्यालयमा कर्मचारीको धर्ना

गत चैत २४ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरुद्ध उनी सर्वोच्च अदालत गएका हुन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन्। यता निलम्बित गभर्नर अधिकारी सरकारी निर्णय विरुद्ध अदालत गएका छन्।  

गत चैत २४ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरुद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

यता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ।

केन्द्रीय बैंकको स्वायत्तता माथिको नांगो हस्तक्षेप बन्द गर, अधिकारीमाथि सुरू गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर, भन्ने नारासहित कार्यालयको मुख्य भवन अघि कालो ब्यानर टाँगिएको छ।

संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्यका सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरूको चंगुलमा फस्दा राष्ट्र बैंकको नेतृत्व माथि आक्रमण हुने गरेको बताए। संघले बिरोध स्वरूप आइतबार कार्यालय खुलेसँगै कोण सभा आयोजना गरेको थियो।

२४ चैतको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। अधिकारी निलम्बनको लागि हाल पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरिएको छ। समितिले हालसम्म सरकारलाई प्रतिवेदन बुझाएको छैन।


प्रकाशित : आइतबार, वैशाख ४ २०७९११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend