मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सेफ साहलाई पर्यटन बोर्डको सम्मान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ४ २०७९
सेफ साहलाई पर्यटन बोर्डको सम्मान

त्यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए। 

काठमाडौं- नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’का फाईनालिस्टहरुलाई सम्मान गरेको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरेको हो । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले साह सम्मिलित सेफ टीमलाई सम्मान गरेका थिए। 

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए।  उनले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताए। 

सम्मानित सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताए। उनले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताए। सेफ साहले आफ्नोसाथमा आएको टीमलाई पुनः नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गरे। 

त्यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए। 


प्रकाशित : आइतबार, वैशाख ४ २०७९१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend