मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बुद्ध एयरले वनारसमा मे पहिलो सातादेखि उडान 

शुक्रबार, वैशाख २ २०७९
बुद्ध एयरले वनारसमा मे पहिलो सातादेखि उडान 

बुद्ध एयरले आन्तरिक उडानमा एटीआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।

काठमाडाैं- बुद्ध एयरले काठमाडौं-वनारस गन्तव्यमा पुनः सीधा उडान गर्ने तयारी गरेको छ। वनारस उडानको प्रक्रिया पूरा भइसक्यो कम्पनीले जनाएको छ। भारतको चर्चित तीर्थस्थल वनारस पनि सम्भावना भएको गन्तव्य मानिन्छ।

'वनारस उडानको प्रक्रिया पूरा भइसकेको छ, खाली ‘कन्फरमेशन लेटर’ मात्रै आउन बाँकी छ। हामी मे फष्टदेखि उडान सञ्चालन गर्छौं', बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले भने। 

उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो। धार्मिक पर्यटनका दृष्टिकोणले भारतको वनारस महत्वपूर्ण गन्तव्य मानिन्छ। काठमाडौंदेखि वनारसलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो।

बुद्ध एयरले आन्तरिक उडानमा एटीआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो। यसले उडानकै सुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो।

पोखरालाई हब बनाएर उडान

बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ। जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ। पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ। 
 
छिट्टै पोखरा-भद्रपुर पनि सेवा सञ्चालन गर्ने आवश्यक तयारी गरिसकेको छ। बैशाख २ गतेदेखि उडान गर्ने भनिए पनि प्राविधिक कारण केही विलम्ब हुने जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक ११ हेलिकप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन्। अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २३ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend