मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

६५ करोड डलर अमेरिकी अनुदान स्वीकार गर्ने सरकारको निर्णय 

विश्व बैंकको १५ करोड डलर ऋण पनि स्वीकृत 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २ २०७९
६५ करोड डलर अमेरिकी अनुदान स्वीकार गर्ने सरकारको निर्णय 

सरकारले विश्व बैंकबाट प्राप्त हुने १५ करोड अमेरिकी डलर ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ। 

काठमाडौं- सयुक्त राज्य अमेरिकी विकास सहयोग निकाय(यूएसएआईडी)बाट आउने ६५ करोड अमेरिकी डलर अनुदान स्वीकार गर्ने सरकारले निर्णय गरेको छ। 

चैत ३० गते बसेको मन्त्रिपरिषदकोऊ वैठकले ६५ करोड ९० लाख अमेरिकी डलर(79 अर्ब ७१ करोड) अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। 

यूएसएआईडीले नेपालमा वर्षौदेखि सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ। नेपाल सरकारको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने भन्दै यूएसएआईडीले अनुदान दिन तयार भएको थियो। 

आगामी पाँच वर्षका लागि यो अनुदान परिचालन हुने छ। 

सरकारले विश्व बैंकबाट प्राप्त हुने १५ करोड अमेरिकी डलर ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ। 

 


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend