मंगलबार, जेठ ८ गते २०८१    
images
images

कृषि बिमाबाट कृषक लाभान्वित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
images
images
कृषि बिमाबाट कृषक लाभान्वित

यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन्। आर्थिक वर्ष २०७७/२०७८ मा लमजुङमा सो सङ्ख्यामा कृषक तथा कृषि फार्म बिमाबाट लाभान्वित भएका हुन्।

images
images

काठमाडौं- यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन्। आर्थिक वर्ष २०७७/२०७८ मा लमजुङमा सो सङ्ख्यामा कृषक तथा कृषिफार्म बिमाबाट लाभान्वित भएका हुन्। व्यावसायिकरुपमा कृषि पेशामा अघि बढेका कृषक तथा फार्म गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहतबाट लाभान्वित भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। 

images
images
images

केन्द्रका अनुसार जिल्लामा मौरी, गोलभेँडा, अलैँची, कफी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषक बिमा राहतबाट लाभान्वित भएका छन्। प्रदेश सरकारले गत आर्थिक वर्षमा व्यावसायिक कृषि गर्दै आएका कृषकका लागि कृषि बिमा कार्यक्रममा विशेष राहत प्याकेजसमेत ल्याएको थियो। कोरोना सङ्क्रमणको जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण कृषक समस्यामा परेको भन्दै उक्त वर्गलाई लक्षित गर्दै प्रदेश सरकारले राहत प्याकेज ल्याएको छ ।  

images

सरकारले व्यावसायिक कृषि उत्पादन गर्दै आएका कृषकलाई कृषि बिमा प्रिमियममा २५ प्रतिशत छुटसहितको राहत प्याकेज ल्याएको थियो। कृषि बिमाको प्रिमियममा यसअघि बिमा रकमको ७५ प्रतिशत रकम सङ्घ सरकारले तिर्ने गरेको थियो। हाल प्रदेश सरकारले बाँकी २५ प्रतिशत रकम तिरेपछि कृषकले निःशुल्क कृषि बिमा गरेको कृषिज्ञान केन्द्रका अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीले बताए। उनले भने, 'प्रदेश सरकारको विशेष राहत प्रिमियममा २५ प्रतिशत अनुदान विशेष कार्यक्रमअन्तर्गत जिल्लामा एक लाख ५२ हजार रुपैयाँ खर्च भएको छ।' जिल्लामा अलैँची खेती गरेर बिमा गराएका ६ वटा फार्मका लागि प्रदेश सरकारको २५ प्रतिशत प्रिमियमअन्तर्गत ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

images
images

सोहीबमोजिम गोलभेँडा खेती गर्दै आएका चार फार्मका लागि ३२ हजार, कफी खेती गर्दै आएका तीन फार्मका लागि २४ हजार, मौरीपालन गर्दै आएका तीन कृषकका लागि १६ हजार रुपैयाँ, व्यावसायिकरुपमा आलु उत्पादन गर्दै आएका एक कृषकका लागि ६ हजार रुपैयाँ र व्यावसायिकरुपमा कागती उत्पादन गर्दै आएको एक फार्मका लागि दुई हजार रुपैयाँ भुक्तानी गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। 
 
सरकारले निःशुल्क कृषि बिमा गर्न थालेपछि पछिल्लो समयमा युवापुस्तासमेत कृषि पेशामा आकर्षित हुन थालेका छन्। 

images
images

कृषि ज्ञान केन्द्र लमजुङको ७२ प्रतिशत वित्तीय प्रगति भएको छ। आर्थिक वर्ष २०७७/२०७८ मा गरेको योजना तथा कार्यक्रम गरी ७२ प्रतिशत वित्तीय प्रगति भएको केन्द्रका अर्थविज्ञ  तथा सूचना अधिकारी रेग्मीले बताए। 

उनले अघिल्लो आर्थिक वर्ष कार्यालयमा कार्यक्रम तथा योजनाका लागि ११ करोड १६ लाख ४७ हजार रुपैयाँ बजेट आएको बताए। उक्त बजेटमध्ये आठ करोड २९ लाख तीन हजार रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७६/७७ मा भन्दा धेरै प्रगति भए तापनि कार्यालयको लक्ष्यअनुसार वित्तीय प्रगति भने हुन नसकेको उनको भनाइ छ। विशेष गरी तलब भत्ता र लकडाउनले गर्दा पनि कार्यालयका आवश्यक कार्यक्रम सञ्चालन गर्न नसक्दा वित्तीय प्रगतिमा कमी भएको उक्त कार्यालयले जनाएको छ।  

कार्यालयका अनुसार गत आवमा ५६ वटा कार्यक्रममध्ये ४५ वटा कार्यक्रम सम्पन्न भएको छ भने ११ वटा कार्यक्रम हुन सकेन। साना सिँचाइ, साना व्यावसायिक फर्म स्थापना तथा विस्तार, रैथाने बाली प्रवद्र्धन, ग्रामीण क्षेत्रमा घर बगैँचा स्थापना, आलुखेती विशेष प्रवद्र्धन कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न भएको छ। 

कृषि ज्ञान केन्द्र लमजुङद्वारा यहाँका कृषकलाई साँढे पाँच करोड रुपैयाँ अनुदान दिइएको छ। केन्द्रले कृषकलाई आव २०७७/७८ मा पाँच करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको अनुदान दिएको हो। 
 
केन्द्रका कृषि अर्थविज्ञ रेग्मीका अनुसार कृषकलाई कृषि क्षेत्रमा आकर्षित गर्दै, कृषि पेशाबाट आत्मनिर्भरता बनाउनका लागि विभिन्न शीर्षकमा अनुदान दिएको हो। अनुदान दिएकामध्ये सबैभन्दा धेरै अनुदान बेँसीसहर नगरपालिकाका कृषकलाई दिइएको छ। बेँसीसहर नगरपालिकालाई एक करोड छ लाख ७४ हजार बराबरको अनुदान दिएको छ। यस अनुदानबाट यहाँका २७६ कृषक परिवार लाभान्वित भएका छन् ।
 
त्यस्तै सुन्दरबजार नगरपालिकामा एक करोड ३० लाख तीन हजार बराबरको अनुदान दिएकामा ३०२ परिवार लाभान्वित भएका छन्। मध्यनेपाल नगरपालिकामा एक करोड १६ लाख ४६ हजार बराबरको अनुदानमा २६५ कृषक परिवार लाभान्वित भएका छन् भने राइनास नगरपालिकामा ७० लाख आठ हजार बराबरको अनुदानबाट २८३ घरपरिवार लाभान्वित भएका छन्। 

क्व्होलोसोथर गाउँपालिकामा २२ लाख २४ हजार अनुदानबाट यहाँका २०४ परिवार लाभान्वित भएका छन् भने दूधपोखरी गाउँपालिकामा ३० लाख ३६ हजार अनुदानबाट २०५ कृषक परिवार लाभान्वित भएका छन्। त्यस्तै मर्स्याङ्दी गाउँपालिकामा ७७ लाख ८७ हजार अनुदानबाट २७८ परिवार लाभान्वित भएका छन्। दोर्दी गाउँपालिकामा ४३ लाख ७२ हजार अनुदानबाट २७५ परिवार लाभान्वित भएको उक्त कार्यालयले जनाएको छ। 


प्रकाशित : सोमबार, असोज ४ २०७८०२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend