मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा किन ढिलाइ?

शुक्रबार, वैशाख २ २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा किन ढिलाइ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्कालै सञ्चालनमा आउने कुनै छाँटकाँट नदेखिएको सरोकारवालाहरूले बताएका छन्।

काठमाडौं- लगभग ६ वर्षको अवधिमा पनि पोखरा महानगरपालिकाले डम्पिङ साईटको व्यवस्थापन गर्न नसक्दा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल सयममै सञ्चालनमा नआउने अवस्था सिर्जना भएको छ।

इपीसीएफ मोडालिटीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा निर्माण सम्पन्न नगर्दा निर्माणकर्ताले प्रत्येक दिनको जरिवाना तिर्नुपर्ने हुन्थ्यो। तर कोभिड महामारीका कारण समय थपियो र समय अगावै विमानस्थल हस्तान्तरण भएको छ।

पोखरा विमानस्थलको निर्माण कार्य लगभग सबै सकिएको छ, अब ५ प्रतिशत मात्रै पूरा हुन बाँकी छ। त्यो पनि महिना दिनभित्र सकिने हाम्रो सम्भावना छ। विमानस्थल निर्माण कार्य  जुलाई २०२२ भित्र पुरा गरिसक्नुपर्ने सम्झौता छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्कालै सञ्चालनमा आउने कुनै छाँटकाँट नदेखिएको सरोकारवालाहरूले बताएका छन्।

२ किलोमिटरको दुरीमा रहेको डम्पिङ साईटका कारणले यस्तो अवस्था आएको हो। फोहरमैलासँगै मिसिएर आएका सडेगलेका खाना र सिनोका कारण ठूलादेखि साना चराहरु उक्त क्षेत्रमा आउँछन्। कतिपय समयमा चराहरु नवनिर्मित विमानस्थलको रनवेमा पनि देखिन्छन्। चराका कारण तत्कालै उडान गर्न सकिने अवस्था नरहेको एयरलाइन्सहरूले बताएका छन्।

पोखरा महानगरपालिकाको अदुरदर्शिताका कारणले यस्तो अवस्था आएको नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि एयरलाइन्ससम्मले आरोप लगाएका छन्। 

विमानस्थल निर्माणसँगै पोखरा महानगरपालिकाले डम्पिङ साईटको उचित स्थानान्तरण र व्यवस्थापन गर्नुपर्थ्यो। विमानस्थलको निर्माण सन् २०१६ देखि सुरु भएको थियो। लगभग ६ वर्षको अवधिमा पनि पोखरा महानगरपालिकाले डम्पिङ साईटको व्यवस्थापन गर्न सकेको छैन।

dampi.jpg

नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलले सम्पूर्ण गण्डकी प्रदेशको आर्थिक गतिविधिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। 

यो स्थानीय निर्वाचनबाट आउने जनप्रतिनिधिको पहिलो प्राथमिकता विमानस्थल सञ्चालनका लागि अत्यावश्यक मानिएको डम्पिङ साइटको व्यवस्थापन हुनुपर्ने बुद्ध एयरले बताएको छ। 

बुद्ध एयरले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेद्वारहरूलाई यस विषयमा सचेत गराएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend