बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

नयाँ वर्षमा पर्यटकीयस्थल रानीकोट र नगरकोट भरिभराउ

images
शुक्रबार, वैशाख २ २०७९
images
images
नयाँ वर्षमा पर्यटकीयस्थल रानीकोट र नगरकोट भरिभराउ

चैत मसान्तदेखि बैशाख १ गतेसम्म राति बसेर आज फर्कने पर्यटक धेरै रहेको उनको भनाइ छ। उनका अनुसार दुई साता अगाडिदेखि नै होटल बुक भएका थिए।

images
images

भक्तपुर- कोरोना भाइरसको महामारीपछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसायले नयाँ वर्षमा ठूलो राहत पाएको छ। नेपाली नयाँ वर्षको अवसरमा विगत तीन दिनदेखि यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म होटल विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भरिएपछि होटल व्यवसायीमा खुसी छाएको छ।

images
images

कोरोना भाइरसका कारण लकडाउन हुँदा दुई वर्ष बन्द भएर नोक्सान भएको पर्यटन व्यवसाय लयमा फर्कन थालेपछि र आन्तरिक पर्यटककै भरमा पनि होटल भरिन थालेपछि व्यवसायमा राहत मिलेको हो। यस वर्षको नयाँ वर्षमा यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म शतप्रतिशत होटल विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएका छन्।

images
images

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए। यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्ने राति बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उनको भनाइ छ। चैत मसान्तदेखि बैशाख १ गतेसम्म राति बसेर आज फर्कने पर्यटक धेरै रहेको उनको भनाइ छ। उनका अनुसार दुई साता अगाडिदेखि नै होटल बुक भएका थिए।

images
images
images

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ। यहाँबाट सूर्योदयसँगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे गौरीशंकर, धवलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए। 

सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष किरण थापाले रानीकोट जान सहज पक्की सडक बनाएपछि पर्यटकको आगमन उल्लेख्य बढेको बताए। उनले सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए। 

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीपलाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ। निर्माण भइसकेका करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन्। 

उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच भरिएका छन्। नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न तथा नयाँ वर्षका दिन नगरकोटमा बसेर आज फर्कने पर्यटकले यहाँका होटल खचाखच भरिएका पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिए। हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अवस्था आउने गरे पनि यस वर्ष भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिँदा होटल व्यवसायी उत्साहित भएको उनले बताए। 

'मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, २०७८ को नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलि राहत मिलेको थियो', होटल व्यवसायी लामिछाने भने, 'तर यस वर्ष भने केही विदेशी पर्यटकभन्दा धेरै नेपाली पर्यटकले नै २०७९ को नयाँ वर्षमा होटल खचाखच भरिए आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको छ।' स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको व्यवसायी बताउँछन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend