काठमाडौं- साताको दिन शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। चैत ३० गते बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बैशाख २ गतेका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।