बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा 

काठमाडौंमा बसमा चढ्नेवित्तिकै २० रुपैयाँ, ट्याक्सीको प्रति किलोमिटर १० रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २ २०७९
images
images
बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा 

प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा   १३ रुपैयाँ कायम गरिएको छ । 

images
images

काठमाडौं-  बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढेको हो। 

images
images

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम  १८ रुपैयाँ थियो । न्यूनतम भाडा  १८ रुपैयाँ भए पनि यात्रु  २० रुपैयाँ तिर्न बाध्य थिए। त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म  ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि  ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

images
images

यस्तै ट्याक्सीमा सुरूको न्यूनतम  ५० रुपैयाँ  प्रति मिटरको भाडा  १० रुपैयाँ कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा   १३ रुपैयाँ कायम गरिएको छ । 

images
images
images

पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ । रासस


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend