मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मध्यमर्स्याङदीमा बिजुली उत्पादनमा वृद्धि

बिहीबार , वैशाख १ २०७९
मध्यमर्स्याङदीमा बिजुली उत्पादनमा वृद्धि

विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो। मध्यमर्स्याङदी जलविद्युत आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ। 

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका-१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ। 

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङदी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए। पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला  ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए।

विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो। मध्यमर्स्याङदी जलविद्युत आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ। 

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा बैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ। सन् २००० मा निर्माण सुरु भइ उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो। कुल २७ अर्ब २० करोड रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो। रासस


प्रकाशित : बिहीबार , वैशाख १ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend