आइतबार, मंसिर ९ गते २०८१    
images
images

सडक निर्माण ठप्पः मजदुर मर्कामा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १ २०७९
images
images
सडक निर्माण ठप्पः मजदुर मर्कामा

सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन्। निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ ।

images
images

तुलसीपुर-सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन्। निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ। तर सडक निर्माणको काम विगत छ महिनादेखि ठप्प छ। 

images
images
images

दाङको दङ्गीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ। चार किलोमिटर सडक कालोपत्र गर्नका लागि रु आठ बजेट विनियोजन भएको छ। तीमध्ये अहिलेसम्म करिब रु एक करोड मूल्य बराबरको काम भएको बताइएको छ। त्यसपछि लामो समयदेखि निर्माण ठप्प छ। 

images

निर्माण ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन् । करिब दुई महिना काम गरेका मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ठेकेदार कम्पनीले पटक–पटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरले बताएका छन्। झन्डै ८० जनाले पारिश्रमिक नपाएको मजदुर गणेश डाँगीको गुनासो छ। ‘अस्सी मजदुरले सडक निर्माण सम्बन्धी काम गर्नुभएको हो’, उनले भने, ‘तर कसैले पनि पारिश्रमिक पाउनुभएको छैन।’ 

images

भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनले सो ठेक्का लिएको बताइएको छ। गत वर्ष जेठ १ गतेदेखि काम सुरु भएको थियो। त्यसपछि करिब दुई महिनामात्रै काम भएको बताइएको छ। त्यसपछि सडक निर्माणको काम रोकियो। त्यतिबेला रोकिएको काम कात्तिकमा सुरु भयो र मङ्सिरमा पुनः ठप्प भयो । ठप्प रहेको काम अझै पनि सुरु हुनसकेको छैन।

पसलमा पनि त्यत्तिकै उधारो छ। त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भए पनि त्यो सामानको पैसा अझै नआएको उनले बताए। उनको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायत बापत रु एक लाख २० हजार बाँकी छ।

लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले सो सडक कालोपत्र गर्नका लागि आफ्नै पहलमा बजेट आएको र अहिले काम ठप्प भएको सुन्दा दुःख लागेको बताउँदै सडक निर्माणको कार्य सुरु गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘मैले ठेकेदार कम्पनीसँंग पटक–पटक संवाद र छलफल गरिरहेको छु, सडक पूर्वाधार कार्यालयसँग पनि छलफल भइरहेको छ”, उनले भने, ‘अब तत्काल काम सुरु हुन्छ।’

वैशाख ३ गतेदेखि काम गर्ने भनी ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्कासमेत रद्द गर्न सक्ने चेतावनी दिएको उनले बताए। प्रदेशसभाको रु आठ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो।

सडक निर्माणको जिम्मा पाउनुभएका भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनका सञ्चालक आकाश भुसालले निर्माण काम तत्काल सुरु गर्ने बताए। उजले वैशाख ३ गते आफू दाङ आउने त्यसपछि काम सुरु गर्ने उनको भनाई छ । 
रासस


–––


प्रकाशित : बिहीबार , वैशाख १ २०७९०७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend