मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

बुधबार, चैत ३० २०७८
विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ मा केपी शर्मा ओली सरकारले गरेको व्यवस्थामा संशोधन गरेको हो।

विवाह नगरी बसेका ४० वर्ष नाघेका एकल महिलालाई दिने भनिएको असहाय  एकल महिला भत्ताको पुरानो व्यवस्थालाई खारेज गर्दै सरकारले सामाजिक सुरक्षा ऐन संशोधनका लागि भन्दै नयाँ अध्यादेश जारी गरेको छ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ मा केपी शर्मा ओली सरकारले गरेको व्यवस्थामा संशोधन गरेको हो।

केपी शर्मा ओलीले २०७८ वैशाख  २१ गते जारी गरेको सामाजिक सुरक्षा अध्यादेश २०७८ मा विधवा, सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायीक पृथीकरण गरी  बसेका वा ४० वर्षको उमेरसम्म विवाह नगरी बसेको महिलालाई असहाय एकल महिल भत्ता दिने व्यवस्था गरिएको थियो।

उक्त अध्यादेश शेरबहादुर देउवा नेतृत्वका सरकारले खारेज गरेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको सामााजिक सुरक्षा अध्यादेश २०७८ खारेज गरेको देउवा सरकार पुन: २०७८ चैतमा सामाजिक सुरक्षा अध्यादेश जारी गरेको थियो।

उक्त अध्यादेशमा अन्य सबै व्यवस्था पुरानै अध्यादेश अनुसार रहेपनि विहान नगरी ४० वर्षसम्म बसेको महिलालाई दिने भत्तामा उमेद हद बढाएको छ। ४० वर्षको ठाउँ ६० वर्ष बनाउँदै अध्यादेश जारी भएको हो। अध्यादेश राजपत्रमा समेत प्रकाशित भएको छ।


प्रकाशित : बुधबार, चैत ३० २०७८१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend