बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

images
बुधबार, चैत ३० २०७८
images
images
विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ मा केपी शर्मा ओली सरकारले गरेको व्यवस्थामा संशोधन गरेको हो।

images
images

विवाह नगरी बसेका ४० वर्ष नाघेका एकल महिलालाई दिने भनिएको असहाय  एकल महिला भत्ताको पुरानो व्यवस्थालाई खारेज गर्दै सरकारले सामाजिक सुरक्षा ऐन संशोधनका लागि भन्दै नयाँ अध्यादेश जारी गरेको छ।

images
images

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ मा केपी शर्मा ओली सरकारले गरेको व्यवस्थामा संशोधन गरेको हो।

images
images

केपी शर्मा ओलीले २०७८ वैशाख  २१ गते जारी गरेको सामाजिक सुरक्षा अध्यादेश २०७८ मा विधवा, सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायीक पृथीकरण गरी  बसेका वा ४० वर्षको उमेरसम्म विवाह नगरी बसेको महिलालाई असहाय एकल महिल भत्ता दिने व्यवस्था गरिएको थियो।

images
images
images

उक्त अध्यादेश शेरबहादुर देउवा नेतृत्वका सरकारले खारेज गरेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको सामााजिक सुरक्षा अध्यादेश २०७८ खारेज गरेको देउवा सरकार पुन: २०७८ चैतमा सामाजिक सुरक्षा अध्यादेश जारी गरेको थियो।

उक्त अध्यादेशमा अन्य सबै व्यवस्था पुरानै अध्यादेश अनुसार रहेपनि विहान नगरी ४० वर्षसम्म बसेको महिलालाई दिने भत्तामा उमेद हद बढाएको छ। ४० वर्षको ठाउँ ६० वर्ष बनाउँदै अध्यादेश जारी भएको हो। अध्यादेश राजपत्रमा समेत प्रकाशित भएको छ।


प्रकाशित : बुधबार, चैत ३० २०७८१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend