मंगलबार, असोज १ गते २०८१    
images
images

काठमाडौं विमानस्थलमा अस्थायी आन्तरिक टर्मिनल हल निर्माण हुँदै, ५ करोडमा लाग्‍ने भयो ठेक्का 

images
बुधबार, चैत ३० २०७८
images
images
काठमाडौं विमानस्थलमा अस्थायी आन्तरिक टर्मिनल हल निर्माण हुँदै, ५ करोडमा लाग्‍ने भयो ठेक्का 

छनौट भएको कम्पनीका लागि आसय पत्र जारी गरिसकेको प्राधिकरणले जानकारी दिएको छ। 

images
images

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुको लागि लक्षित गर्दै यात्रु आगमन कक्ष रहने गरी अन्तरिक टर्मिनल हल विस्तार गर्ने भएको छ। 

images
images
images

अहिले आन्तरिक टर्मिनल भवन प्रवेश अगाडि रहेको पार्किङ क्षेत्रसँगै जोडिएको जग्गामा भवन निर्माण हुनेछ। यो कामका लागि प्राधिकरणले निर्माण कम्पनी छनौट गरिसकेको छ। 

प्राधिकरणले आव्हान गरेको टेन्डरबाट ५ करोड ९ लाख ८३ हजार रुपैयाँ कबोल गर्ने ब्राइट मल्टि कन्स्ट्रक्सन कम्पनी छनौट भएको छ। यो कबोल मूल्य अभिवृद्धि कर तथा सेवा शुल्क बाहेकको हो। 

छनौट भएको कम्पनीका लागि आसय पत्र जारी गरिसकेको प्राधिकरणले जानकारी दिएको छ। 

images

भवनको क्षेत्रफल ७ हजार वर्गमिटर हुनेछ। नयाँ भवन आन्तरिक हवाई यात्रुको आगमन कक्षको रुपमा प्रयोग हुनेछ। भवन स्टिल स्ट्रक्चरको बन्ने छ। भवन एक तलाको मात्रै हुने छ। भवन ५ देखि ७ वर्षका लागि अस्थायी रुपमा बनाइने प्राधिकरणको भनाइ छ।

टर्मिलन भवन निर्माण भएपछि नयाँलाई आउने र हालको भवनलाई प्रस्थान गर्ने यात्रुका लागि प्रयोग गर्ने योजना प्राधिकरणको छ। १ वर्षभित्र निर्माण सक्ने गर्ने गरी सम्झौता गरिने प्राधिकरणले बताएको छ। नयाँ भवनको लम्बाई ४० मिटर र चौडाई २४ मिटर तथा २ वटा ३५ मिटर लामो ब्यागेज कन्भेयोर बेल्ट निर्माण हुनेछ। सबै सुविधासहिन निर्माण हुने यो भवनबाट एक पटकमा २ सय मानिसलाई सुविधा दिन सकिने छ। 

अहिले अस्थायी संरचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाभन्दा बाहिरको संरचना हो। अहिले अस्थायी संरचना बने ठाउँमा भने गुरुयोजनामा पार्किङ क्षेत्र रहने ठाउँ हो।

विमानस्थल मास्टर प्लानमा ४० अर्बमा आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने विषय समावेश छ। तर उक्त काम सुरु हुन समय लाग्ने भएपछि तत्कालका लागि बढ्दो आन्तरिक हवाई यात्रुको चाप थेग्न र साँघुरो आन्तरिक टर्मिनल भवनको व्यवस्थापनका लागि यो भवन बनाउन लागेको प्राधिकरणले जनाएको छ। अहिले आन्तरिक यात्रुले  प्रयोग गर्ने आगमन कक्ष सानो छ। एक-दुईवटा एयरलाइन्सका यात्रु एकैपटक आउँदा पनि खचाखच हुने आगमन कक्ष रहेको छ।

अब नयाँ भने भवन आन्तरिक हवाई यात्रामा पनि आगमक यात्रुलाई लक्षित गरेर बनाउने लागिएको प्राधिकरणको भनाइ छ। नयाँ बन्ने भवनमा शौचालय लगायतको सबै सुविधा रहने छ। अहिले बनेको भवन पछि झिकेर अन्यन्त्र लगेरसमेत प्रयोग गर्न सक्ने गरी निर्माण हुनेछ। 

वार्षिक रुपमा बढ्दो आन्तरिक हवाई यात्रु बढ्दो छ। कोभिडका कारण दुई महिनाभन्दा बढी समय आन्तरिक उडान बन्द हुँदा पनि सन् २०२१ मा अहिलेसम्मकै बढी आन्तरिक हवाई यात्रु भएका थिए। सन् २०२१ मा मात्रै आन्तरिक हवाई यात्रु ३५ लाख ४१ हजार भन्दा बढी भएको थियो।

दिन प्रतिदिन आन्तरिक हवाई यात्रुको संख्या बढेसँगै आन्तरिक टर्मिनल भवन साघुरो भइरहेको बेला प्राधिकरकणले अस्थायी आन्तरिक टर्र्मिनल भवन बनाउ लागेको हो। अहिले आन्तरिक उडानमा दैनिक १५ हजारसम्म यात्रु हुन थालिसकेका छन्।


प्रकाशित : बुधबार, चैत ३० २०७८११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend