आइतबार, असोज ६ गते २०८१    
images
images

१५औं दरबारमार्ग महोत्सवको तयारी सकियो, थलिएको व्यवसाय ब्युँताउन जुट्यो निजी क्षेत्र

images
बुधबार, चैत ३० २०७८
images
images
१५औं दरबारमार्ग महोत्सवको तयारी सकियो, थलिएको व्यवसाय ब्युँताउन जुट्यो निजी क्षेत्र

त्यसैगरी महोत्सवमा महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन्। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्।

images
images

काठमाडौं- नेपाली नयाँ वर्ष २०७९ को अवसरमा बैशाख ३ गते शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना हुन लागेको १५औं दरबारमार्ग महोत्सवको सबै तयारी पूरा भएको छ। कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य : ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित यो महोत्सव हुन लागेको हो। 

images
images
images

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ। 

सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतीका साथ महोत्सवको औपचारिक सरुवात शनिबार बिहान पौने १२ बजे हुनेछ। गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहका सहित यो महोत्सव बेलुका सवा ८ बजेसम्म चल्ने छ। 

चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरु हुन्। 

images

महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ-आफ्ना प्रस्तुतिहरू दिनेछन्। साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल र सुमन कोइरालाको प्रस्तुती रहनेछन्।  

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिने छन्। त्यसैगरी महोत्सवमा महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन्। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्।

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पफ नारायणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ। 

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिड विरुद्धको खोप लगाइ सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ।


प्रकाशित : बुधबार, चैत ३० २०७८१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend