बिहीबार , वैशाख २७ गते २०८१    
images
images

विद्युतीय कार उत्पादन गर्न होन्डाले ४० अर्ब डलर लगानी गर्ने

images
बिजनेस न्युज
images
images
विद्युतीय कार उत्पादन गर्न होन्डाले ४० अर्ब डलर लगानी गर्ने

होन्डाले उक्त रकम आगामी दशकमा लगानी गरिसक्ने जनाएको छ। होन्डाले सो रकम सफ्टवेयर निर्माण, रिसर्च एन्ड डेभलपमेन्ट र विभिन्न मोडलका कार बजारमा ल्याउन खर्चने छ। 

images
images

काठमाडौं- जापानी कार उत्पादक कम्पनी होन्डाले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिने भएको छ। विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन होन्डाले ५० खर्ब यन (३९.८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको हो।

images
images
images

विश्व बजारमा विद्युतीय कारको माग बढ्दै गएको र प्रदूषणरहित सवारीलाई प्रोत्साहन गर्ने विश्वनीति अनुरुप होन्डाले उक्त घोषणा गरेको हो। 

images

होन्डाले उक्त रकम आगामी दशकमा लगानी गरिसक्ने जनाएको छ। होन्डाले सो रकम सफ्टवेयर निर्माण, रिसर्च एन्ड डेभलपमेन्ट र विभिन्न मोडलका कार बजारमा ल्याउन खर्चने छ। 

images

२०३० भित्र होन्डाले मिनी कार, एसयूभीसहित ३० वटा नयाँ विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको छ। सोही अवधिसम्ममा होन्डाले विश्वभर रहने आफ्नो प्लान्टबाट वार्षिक २० लाख विद्युतीय कार उत्पादन गर्ने जनाएको छ। 

images
images

त्यस्तै होन्डाले सोलिड-स्टेट ब्याट्री उत्पादन गर्ने दाबी समेत गरेको छ। उक्त ब्याट्री लिथियम आयनको तुलनामा हलुका र छिटो चार्ज हुने क्षमता राख्ने दाबी कम्पनीको छ। होन्डाले आफ्नै लाइनअपमा सोलिट स्टेट ब्याट्री उत्पादनका लागि ३४ करोड डलरभन्दा बढी लगानी गर्ने जनाएको सीएनएनले लेखेको छ। 

दक्षिण अमेरिकाका लागि उत्पादन हुने विद्युतीय कारमा प्रयोग हुने ब्याट्री भने होन्डाले जीएमसँग साझेदारी गर्ने बताएको छ। तर होन्डाको सोलिड स्टेट ब्याट्रीको उत्पादन मा भने संयुक्त उपक्रमको कुनै कुरा नभएको कम्पनीले जनाएको छ। त्यस्तै चिनियाँ बजारका लागि होन्डाले विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सियाटलसँग सम्झौता गरेको छ। 

होन्डाले आफ्ना प्रतिस्पर्धीहरुसँग विद्युतीय कार बजारमा प्रतिस्पर्धा गर्नका लागि ठूलो लगानी घोषणा गरेको हो। फक्सवागन र टोयोटाले हालसम्म विद्युतीय कारका लागि ३५ अर्ब डलर लगानी गर्ने बताइसकेका छन्। त्यस्तै हुन्डाईले पनि विद्युतीय कार र अटोनोमस कार उत्पादनमा ठूलो लगानी गर्ने बताइसकेको छ। 

images

प्रकाशित : ०७:५०
प्रतिक्रिया दिनुहोस