मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रधानमन्त्री देउवा भन्छन् - भूमाफियाले जग्गा हडप्दै छन्, काठमाडौंमा खाली ठाउँ नरहला

मंगलबार, चैत २९ २०७८
प्रधानमन्त्री देउवा भन्छन् - भूमाफियाले जग्गा हडप्दै छन्, काठमाडौंमा खाली ठाउँ नरहला

उनले काठमाडौंका खाली ठाउँहरूमा भूमाफियाहरूले आफ्नो नाममा गर्ने गरिरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका कारण काठमाडौंमा खाली ठाउँ नै नरहने जोखिम बढिरहेको बताएका छन्। 

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले काठमाडौंमा रहेका खाली ठाउँ जोगाउन ध्यान दिनुपर्ने बताए। 

'भूमाफियाहरूले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका छन्। जसले पनि आफ्नो नाममा गरेका छन्। यसमा पनि ध्यान दिनुपर्नेछ। नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन्’ उनले भने। 

उनले काठमाडौंका खाली ठाउँहरूमा भूमाफियाहरूले आफ्नो नाममा गर्ने गरिरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए।  यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले काठमडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने समेत बताए। उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकारलाई नै लाजमर्दो भइरहको बताए। 

‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ। व्यवस्थापन भएको छैन। फोहोर थुप्रिएको छ। फोहोर व्यवस्थापन गर्न जरुरी छ। ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ। मैले आफैँले देखेर आएको छु धरानमा। फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ। विदेशी राजदूतहरूले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन्' उनले सुनाए। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend