मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विदेशी मुद्राको सञ्चिति फागुनमै घट्यो १७ करोड डलर, रेमिट्यान्स ३ प्रतिशतले ऋणात्मक

मंगलबार, चैत २९ २०७८
विदेशी मुद्राको सञ्चिति फागुनमै घट्यो १७ करोड डलर, रेमिट्यान्स ३ प्रतिशतले  ऋणात्मक

नेपाल राष्ट्र बैंकले आयातमा केही निरुत्साहित गरेपछि सञ्चिति घट्ने गतिमा ब्रेक लागेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको सुरूदेखि नै घट्दै आएको विदेशी मुद्राको सञ्चिति अझै सुधार भएको छैन। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनामात्र १७ करोड अमेरिकी डलर सञ्चितिबाट सकिएको छ। माघसम्म ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेकोमा फागुन मसान्तमा घटेर ९ अर्ब ५८  करोडमा सीमित भएको छ। 

साउनदेखि फागुनको बीचमा २ अर्ब १७ करोड डलर सञ्चितिबाट घटिसकेको छ। घट्ने क्रम पछिल्ला महिनामा केही सुस्त भएको छ। नेपाल राष्ट्र बैंकले आयातमा केही निरुत्साहित गरेपछि सञ्चिति घट्ने गतिमा ब्रेक लागेको छ। 

नेपालसँग अहिले सञ्चित रहेको विदेशी मुद्राले ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न मिल्छ। गएको आठ महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो पर्याप्तता सूचक निकालिन्छ। 

फागुनमा यो वर्षकै धेरै रेमिट्यान्स आएको बताइएपनि अघिल्लो वर्षको तुलनामा अझै बढ्न सकेको छ। गत वर्षको तुलनामा यो वर्षको आठ महिनामा ३ प्रतिशतले रेमिट्यान्स घटेको छ। यो वर्ष ५ अर्ब २८ करोड अमेरिकी डलरमात्र भित्रिएको छ। 

 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend